पेट्रोलको मूल्य घटेर आयो

काठमाडौं। भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) सोमबार पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा करिब चार रुपैयाँ घटेको छ।

 

 

 

डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ।

 

 

आयल निगमका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा ३८ पैसा बढेको छ।

 

 

यही मूल्यअनुसार सोमबार बेलुकासम्म मूल्य समायोजन गर्ने निगमले जानकारी दिएको छ।

 

 

 

यसअघि १ अप्रिलमा आईओसीले नयाँ मूल्य सूची पठाएको थियो।