क्रान्तिकारी माओवादीद्वारा लेनिनको जन्मदिवस र नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा शुुभकामना व्यक्त

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)ले २२ अप्रिल लेनिनको जन्मदिवस तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको ऐतिहासिक दिन भएको विज्ञप्ति मार्फत जनाएको छ। नेपाली कम्युनिस्ट आन्दोलनले ७२ वर्ष पुरा गरी ७३ वर्षमा प्रवेश गरेको छ ।

 

 

जहानियाँ राणा शासनको समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

 

 

यो ऐतिहासिक अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा प्रेस—वक्तव्यमार्फत आम पार्टी पङ्क्ति, सहिद, घाइते तथा बेपत्ता योद्धा, क्रान्तिकारी जनता एवम् अन्तर्राष्ट्रिय भाइचारा पार्टीहरु र विश्व सर्वहारा वर्गमा हार्दिक बधाइ तथा शुुभकामना व्यक्त गर्नु भएको छ।