कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा पुन: कृष्णहरि थापा सर्वसम्मत

काठमाडौं।नेकपा (एकीकृत समाजवादी)का नेता तथा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा पुन: सर्वसम्मत रुपमा नगर प्रमुखमा सिफारिस हुनुभएको छ।

 

 

थापालाई पार्टीले सर्वसम्मत रुपमा सिफारिस गरेको एक स्थानीय नेताहरूले जानकारी दिनुभयो।

 

 

 

सत्तागठबन्धनले अघिल्लो निर्वाचन जुन पार्टीले जहाँ जितेको छ ,त्यसले त्यहीँ पाउने निर्णय गरेपछि थापाले पुन: सर्वसम्मत टिकट पाउने पक्का भएकाे ती स्थानी नेताले बताए।

 

 

 

उनले भने काठमाडौंका दश नगर प्रमुखहरु मध्ये एकल सनाखत गरेका थापालाइ पुन: नेकपा (एकीकृत समाजवादी)बाट सर्वसम्मत रुपमा सिफारिस गरिएकाे हाे।  

 

 

यद्यपी सत्तागठबन्धनबाट सो विषयमा टुंगो लाग्न भने बाँकी नै रहेकाे उनले बताए।

 

 

एक कार्यकाल कागेश्वरी मनोहरा नगरपालिकाकाे नगर प्रमुख भएर कार्यकाल सम्हाललेका थापाले नगरपालिकाको बिकासमा उल्लेखनीय योगदान पुर्याएका छन भने कोरोना प्रकोपको विषम परितिथिमा पनि जटिलतालाई अवसरमा बदलेर महत्वपूर्ण स्वास्थ्य पूर्वाधार खडा गर्न थपा सफल भएका थिए।

 

 

 

आफ्नो पाँच बर्षे कार्यकालको दौरानमा नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधारका साथै बिकासका पूर्वाधार निर्माण गर्न केन्द्रित भइ संगालेको अनुभब र आफैले सुरुवात गरेका धेरै अधुरा काम पुरा गर्न  आफुले पुन उम्मेदवारी दिन लागेको थापा बताउनु भयाे ।

 

 

 

 

आफुले याे कार्यकालमा धेरै काम गर्न खाेजे पनि काेराेना संक्रमणलगायतका विभिन्न कारणले चाहेजति काम नभएकाे र पुन नगर प्रमुखमा जितेर आएपछि अधुरा र अपुरा कामसहित नयाँ विकासका पूर्वाधार निर्माण गर्दै सबै कामहरू सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।