एमालेबाट बिर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतारा प्रसाईं उम्मेदवार

काठमाडौं। नेकपा एमाले प्रदेश कमिटीले झापाको विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको नाम टुङ्गो लगाएको छ ।बिर्तामोड नगरपालिकाको प्रमुखमा हालका उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई उम्मेद्वार बनाएको छ ।

 

 

 

झापाको विर्तामोड नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपमेयर पवित्रा महतारा प्रसाईंले मेयरमा उम्मेदवार भएकी छन्।   

 

 

 

विगतमा पाँच वर्ष उपमेयरमा काम गरेको अनुभवले मेयरको जिम्मेवारी निर्वाह गर्न सक्षम बनाएकोले अब मेयरमा जिताउन नगर बासिलाइ आग्रह गरेकी छन्।

 

 

 

  हरेक क्षेत्रमा महिला निर्णायक भूमिका नहुने परिस्थिति भएकाले र समाजमा महिलाले अधिकार माग्दै गर्दा हामीले पनि नगर चलाउन सक्छौं भनेर पनि मैले दाबी गरेकी थिए। उनी भन्छिन्, ‘पार्टी पंक्तिले पनि मलाई विश्वास गरेर उम्मेदवारी बनाएकाेमा खुशी छु थप जिम्मेवारीका साथ काम गर्ने छु।  

 

 

 

हाल एमाले प्रदेश कमिटी सदस्य रहेकी उनी २०४३ सालमा विद्यार्थी राजनीतिबाटै पार्टीसँग जोडिएकी हुन् । उनीसँग लामो समय पार्टीको महिला र किसान विभागमा काम गरेको अनुभव रहेकाे छ ।

 

 

 

 
महताराको भनाइमा बितेका पाँच वर्षमा विर्तामोड सडक पूर्वाधार निर्माणदेखि कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य काम भएका छन् ।

 

 

 

‘विर्तामोड सामुदायिक विद्यालय र निजी विद्यालयबीच ठूलो खाडल थियो, अहिले सामुदायिक विद्यालयलाई पनि स्तरोन्नति गरेर आवश्यकता अनुसार नयाँ संरचना बनाउने, आईसीटी कक्ष, पुस्तकालय लगायत बनाउने काम भएका छन्,’ उनी भन्छिन्, ‘शिक्षामा नगरले फड्को मारेको अझै धेरै काम बाकी छन्। अब मेयरमा जितेपछि सबै काम पुरा गर्ने छु। 

 

 

 

 

उनको बुझाइमा विगतका घोषणा पत्रमा उल्लेखित धेरै विषयहरु नगरपालिकाले पूरा गरेको छ । ‘तर केही बाँकी भएका विषयहरु अझ गर्नुपर्ने छन्, शहरोन्मुख नगर भएकाले समग्र गुरुयोजना बनाएर सबैसँगको छलफलबाट योजना बनाएर काम गर्ने याेजना रहेकाे बताउँ छिन् ।

 

 

 

 

यसपालि पार्टीले विश्वास गरेर नगरको नेतृत्वमा जान टिकट दिएकाे छ,अब विर्तामोडलाई स्वच्छ, उत्कृष्ट र उदाहरणीय नगर बनाउने गरी काम गर्ने उनी बताउँछिन् । भन्छिन्, ‘महिलाले पनि नगरकाे नेतृत्व गरेर उदाहरणीय काम गरेर देखाउनसक्छन् भन्ने काम गरेर देखाउ छु।