कांग्रेस नेतालाई झुक्याएर खादा लगाई एमाले प्रवेश

काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका कांग्रेस कमिटीका सहसचिव रविन्द्र पौडेलले आफूलाई एमालेले झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएका छन् ।

 

 

शनिवार काठमाडौंको एक पार्टी प्यालेसमा एमाले नेता कार्याकर्ताले झुक्याएर खादा लगाई पार्टी प्रवेश गराएको हल्ला चलाएको पौडेलको भनाइ छ ।

 

 

सहसचिव पौडेलले एक विज्ञप्ति जारी गर्दै आफू कांग्रेसमै रहेको बताएका छन् ।

 

 

 

 

सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको उनको विज्ञप्तिमा लेखिएको छ, ‘नेकपा एमालेका कार्यकर्ता जम्मा भई नेपाली कांग्रेसको कार्यकर्तासमेतको मिलेमतोमा उनीहरुसहित मलाई खादा लगाई एमाले पार्टी प्रवेश गरेको भनी भ्रामक र अनैतिक कार्य गरेकोमा म खेद प्रकट गर्दै मेरो असहमति रहेको र एमाले जस्तो गलत र अराजक पार्टीमा म कदापी हुन्न र हुन सक्दिनँ ।

 

 

वैशाख १० गते उनी जुगल गाउँपालिकाका जयबहादुर लामाको टोलीमा एमाले प्रवेश गरेका थिए । उनलाई एमाले नेता शेरबहादुर तामाङले स्वागत गरेका थिए ।