नुवाकोटको ताँदी गाउँपालीकामा माओवादी केन्द्रकाबाट किरण कुमार रिजालको उम्मेदवारी

काठमाडौं। नुवाकोटको ताँदी गाउँपालीकामा युवा व्यावसायिक तथा समाजसेवी किरण कुमार रिजाल नेकपा माओवादी केन्द्रकाबाट उम्मेदवार भएका छन्।

 

 

पछिल्लो समय माओवादी केन्द्रमा उदयमान नेताको छवि बनाएका रिजाल लामो समय राजनितिक विभिन्न तहमा काम गर्दै नुवाकोट काठमाडौं जिल्ला समन्वय समितिको अध्यक्ष समेत भएका थिए।

 

 

 

राजनीति संगै सफल व्यवसायीको रूपमा छवि बनाएका रिजाल ताँदी गाउँपालीकामा जनताको आसाको धरोहर समेत रहेको स्थानीयहरूले बताउने गरेका छन्।

 

 

हरेक काममा अबल देखिएका रिजाल पूर्ण सफलता भएपछि मात्र बिश्राम लिने उनको स्वभावले राजनितीमा पनि उनले उतिकै सफता पाउने देखिन्छ।

 

 

 

जस्ताेसुकै कठिन काम भएपनि सफल गराएरै छाड्न माहिर रिजाल तादी गाउँपालिकाको समग्र जनताको आसाको धरोहर समेत रहेको स्थानीयहरूले बताउँ छन्।

 

 

 

अन्य दाबेदार पार्टीमा टुट फुट र बेथीती बढीरहेको अबस्थामा उनको उम्मेदवारीले माओवादीमा भने उर्जा र एकता पैदा गरेकाे स्थानीय स्थरका माओवादी नेता कार्यकर्ता बताउँने गरेका छन्।

 

 

यसले बिगतमा निस्क्रिय रहेका कार्यक्रर्ता समेतमा थप उर्जा र उत्साह पैदा हुनुले माओवादी ले जित्ने पक्का पक्की भएको स्थानीय जनताको प्रतीक्रिया रहेकाे छ।

 

 

 

अन्य राजनीतिक पार्टीका उम्मेदवारहरूलाई उनकाे उम्मेदवारीले एकपटक सोच्न बाध्य बनाउने निश्चित रहेको स्थानीय कार्यकर्ताकाे भनाइ रहेकाे छ।