बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा कतिले गरे उम्मेदवारी दर्ता (सूचीसहित)

काठमाडौं। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा कांग्रेसबाट पाँच वटै वडाका वडाध्यक्षले उम्मेदवारी दर्ता गरेका छन्।

 

त्यस्तै स्वामीकार्तिक गाउँपालिका वडा अध्यक्षमा मनोनयन दर्ता गर्नेहरूमा वडा नं १ मा कार्तिके विक वडा नं. २ मा विष्णु बुढा वडा नं.३ मा दयाल शाही वडा नं. ४ मा सिंह धामी वडा नं.५ मा अमर बहादुर सिंह रहेका छन् भने प्रत्यक वडामा चारजना वडा सदस्य रहने व्यवस्था रहेकाे छ।  

 

 

  गाउँपालिका अध्यक्षमा भरतबहादुर रोकाया, उपाध्यक्षमा मैना जोशीकाे उम्मेदवारी परेकाे छ।

 

 

स्वामिकार्तिक खापर गाउँपालिकामा ५ जना अध्यक्ष र ५ जना उपाध्यक्ष ५ वटा वडाका अध्यक्षमा २४ जना, खुला सदस्य ३४ जना, महिला सदस्य १४ जना र दलित महिला सदस्य १५ जना गरि ९७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

 

 

१६ गतेसम्म दाबी विरोध र फिर्ता लिने समय भएकोले उम्मेदवार घट्ने संभावना रहेको आयोगले बताएको छ।