काँग्रेस खत्याड गाउँपालिका ८ नम्बर वडा अध्यक्षमा खड्क बहादुर खत्रीको एकल उम्मेदवारी

काठमाडौं। नेपाली काँग्रेस खत्याड गाउँपालिका वडा न ८ को नेपाली काँग्रेस पार्टीको तर्फबाट अध्यक्ष पदमा खड्क बहादुर खत्रीले उम्मेदवारी दिनु भएको छ।

 

पार्टीको विभिन्न तहको राजनीतिमा सक्रिय खत्री काँग्रेसको तर्फबाट एकल उम्मेदवार बन्नुभएको हो ।

 

 

उम्मेदवारी टुग्गिएसँगै वडा अध्यक्षको उम्मेदवारी निर्वाचन कार्यालय पुगेर दर्ता गरेका थिए।

 

 

यसपटक पार्टीले वडा अध्यक्षको टिकट दिएसँगै काँग्रेसमा आस्था राख्ने वडा बासीहरू उत्साहित भएका छन्।

 

 

 

वैशाख ३० को स्थानीय चुनावमा खत्याड गाउँपालिका वडा नं.८ मा अध्यक्ष खत्रीलाई अत्याधिक मतले विजय गराउन काँग्रेसमा आस्तावान सबै लागि पर्ने स्थानीय युवाहरूले बताएका छन्।