सशस्त्र र नेपाल प्रहरीका आईजीपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाउनुभएको छ ।

 

 

 

गृह मन्त्रालयमा आज (सोमबार)आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाइदिनुभएको हो ।

 

 

 

 

मन्त्रिपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

 

 

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना हुनुभएको थियो । अर्याल २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गर्नुभएको हो ।

 

 

 

सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालको कार्यकाल ४ वर्षको हुनेछ।