मतदाताहरुको पाउमा हजारका नोट चढाउँदै भोट माग्दै

काठमाडौं । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ ।

 

 

मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।

 

 

 

खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् ।

 

 

 

सोही क्रममा प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।

 

 

 

हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।