रेनुले २७ हजार मत कटाउँदा २२ हजारमै खुम्चिए विजय

काठमाडौं । भरतपुर महानगरको मेयर पदका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी ५ हजार मतान्तरले पछि धकेलिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार रेनुले २७ हजार ७८ मत पाएकी छन् । त्यस्तै एमालेका विजय सुवेदीले २२ हजार​ ६० तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९४१४ मत पाएका छन् ।

मुख्य दुई प्रतिस्पर्धी रेनु र विजयको मतान्तर ५ हजार १८ भएको छ । हालसम्म कुल ६९ हजार ६१२ मत गणना हुँदा रेनुले ५ हजारभन्दा बढीको मतान्तर बनाएकी हुन् ।

उता उपमेरयमा भने चित्रसेन अधिकारीले २९ हजार​ १३२ मतका साथ अग्रस्थानमा छन् ।

राप्रपाकी हिमला गुरुङले १७ हजार​ १६६ मत पाएका छन् ।