यौनहिंसाको उजुरीमा हदम्याद हटाउन निरन्तर दबाब

काठमाडौं । महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानूनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ।

 

 

 

‘पीडाको कुनै हदम्याद हुँदैन’ भन्ने मूलनारासहित सो प्रर्दशन गरिएको हो ।

 

 

 

सडकमा पलेटी कसेर बसेका प्रर्दशनकारीहरुले पीडकलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन् ।

 

 

 

त्यस अवसरमा उनीहरुले ‘दया होइन, न्याय दे’, ‘हामी चुप लागेर बस्दैनौं’, ‘पीडाको कुनै हदम्याद हुँदैन’ भन्ने लेखिएको प्लेकार्ड समेत प्रर्दशन गरेका थिए ।