मुगुमा यार्सा संकलन गर्न गएका २ जनाको मृत्यु

काठमाडौं। मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ।

 

 

 

मुगम कार्मारोङ गाउपालिका-७ महगाउँका १६ बर्षका असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए ।

 

 

 

टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकित्स बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको मृत्यु भएको मुगुम कार्मारोङ गाउपालिका वडानं-७ का वडाअध्यक्ष शसांक लामाले जानकारी दिए ।

 

 

 

एक साता नबित्दै यार्सा क्षेत्रमा लेक लागेर दुई जनाको मृत्यु भएको छ । बुधबारमात्रै यार्सा संकलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहको कोइकी पाटनमा लेक लागेर मृत्यु भएको थियो ।

 

 

 

 

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब निरीक्षका सुवास हमालले बताए ।

 

 

 

 

यार्सा टिप्न गएका सर्बसाधारणलाई हाइअल्टीच्यूटका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधि उपचार नपाएर वर्सेनि अकालमा मृत्यु हुने गरेको छ ।

 

 

 

 

यार्सा टिपेर पैसा आर्जन गर्ने उद्देश्यले यहाँका नागरिक जयानको बाजी राखेर ४५०० देखि ५५०० मिटरसम्मको उचाइको हिमरेखा क्षेत्रमा यार्सा संकलन गर्न जाने गर्छन् ।