काठमाडौंको जंगलमा युवा-युवती मृत भेटिए

सांकेतिक तस्वीर

काठमाडौं । फर्पिङको जंगलमा युवा–युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

 

 

 

काठमाडौंका प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत भेटिएको जानकारी दिए ।

 

 

 

उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको छैन ।

 

 

 

घटनास्थलमा अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि पुगेको छ ।