एकीकृत समाजवादीले फिर्ता बोलाएका चार मन्त्रीहरुको पद थमौती,माधव नेपाललाइ तनाव

काठमाडौं । एकीकृत समाजवादी पार्टीको मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।

 

 

 

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलपछि चार मन्त्रीलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय कार्यान्वयन नहुने भएको हो ।

 

 

 

अब स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले यथावत रुपमा काम गर्ने भएका छन् ।