असार १ गतेदेखि आइतबारको साप्ताहिक बिदा हट्यो

काठमाडौं । सरकारले आइतबार दिँदै आएको साप्ताहिक बिदा हटाएको छ ।

 

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो ।

 

 

सरकारले जेठ १ गतेदेखि इन्धन बचाउन परीक्षणका लागि भन्दै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।