अमेरिकाले प्रस्ताव गरेको १० बुँदे सम्झौताको मस्यौदाबारे संसदलाई जानकारी गराउन सांसद प्रेम सुवालको माग

काठमाडौं । प्रतिनिधि सभामा अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग गरिएको छ ।

 

 

 

  प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

 

 

‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं । त्यतिबेला अमेरिकी सेना कसरी आउँछ ? भनेर साथीहरु भन्नुहुन्थ्यो।

 

अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ । त्यसमा नेपाली सेनाको व्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने ।

 

 

नेपाली हल्का वायुयान अमेरिकाले प्रयोग गर्ने, उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने, अमेरिकाले ल्याउने सामानमा कर छुट दिने भन्ने छ’ सांसद सुवालले भने ।

 

 

नेपालमा अमेरिकी भित्राउन प्रमुख विपक्षी नेकपा एमाले समेत लागेको उनको आरोप छ ।

 

 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी भैरहेको छ ।

 

 

त्यसअघि नेपाली सेनाका सेनापति पनि अमेरिका भ्रमणमा जाने तयारी छ । अमेरिकी अधिकारीहरुले पनि नेपाल भ्रमण गरिरहेका छन् ।

 

 

 

पछिल्लो समयको भ्रमणको मुख्य उदेश्य एसपीपीमा हस्ताक्षर गर्नु रहेको बताइएको छ ।

 

 

एसपीपीको मस्यौदा नै सार्वजनिक भएपछि प्रतिनिधिसभामा यसको आधारिक जानकारी माग भएको हो ।