पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालनमा

 

सांकेतिक तस्वीर

काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ ।

 

 

वर्षासँगै चितवनको इच्छाकामना–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो ।

 

 

 

 

पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइत र्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

 

 

 

 

सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।