अर्घाखाँचीमा कांग्रेसका उपसभापतिसहित १० जनालाइ अन्तर्घात गरेको आरोपमा निलम्बित

काठमाडौं । अर्घाखाँचीमा नेपाली कांग्रेसका जिल्ला उपसभापतिसहित १० जनालाइ स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा निलम्बित भएका छन् ।

 

 

 

पार्टीका जिल्ला उपसभापति बाबुराम पौडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल सहितलाई साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निलम्बन गरेको कांग्रेसको जिल्ला समितिले जनाएकोछ ।

 

 

निलम्बन हुने अरुमा पाणिनी गाउँपालिका–८ का पूर्व सभापति यज्ञप्रसाद पौडेल, भुमिकास्थानका नगरपालिका सचिव तारा घिमिरे, ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णु मरासिनी र हरिप्रसाद मरासिनी रहेका छन् ।

 

 

 

महाधिवेशन प्रतिनिधि सिर्जना विक, पाणिनी–८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई ६ महिनाका लागि निलम्बन गरेको कांग्रेसको अनुशासन समिति अर्घाखाँचीले जनाएको छ ।

 

 

 

स्थानीय निर्वाचनमा विभिन्न वडाबाट आएका सिफारिसको आधारमा ६ महिनादेखि १ वर्षसम्मका लागि निलम्बन गरेको छ ।