मेयर बालेन शाहले गरे आफ्नो चुनावी खर्च सार्वजनिक (सूचीसहित)

काठमाडौं।काठमाडौं महानगरका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले स्थानीय निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेका हुन्।

 

 

उनले चुनावी अभियानका क्रममा तीन लाख ९४ हजार ४८९ रुपैयाँ खर्च भएको सार्वजनिक गरेका हुन्। जसमा मतगणनाको समयमा मात्रै १ लाखभन्दा बढी खर्च भएको उनले जनाएका छन्।

 

 

 

उनले भनेका छन्, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलोमात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ। यसमा सबैको ध्यान जान जरुरी छ।