यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ ।

 

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको हो ।

 

 

आज मंगलबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै सरकारी निकायहरुले कुटनैतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय भएको पनि बताउनुभयो ।

 

 

 

त्यस्तै सरकारले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्व सामु नेपाललाई चिनाउन निर्णायक योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

 

 

 

 

प्रवक्ता कार्कीले नेपाल प्रशासन सेवा समूहिकीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

 

 

 

यसैगरी, प्रवक्ता कार्कीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम ऐन २०१९ को दफा २० बमोजिम निलम्वन गरी निजउपर जाँचको कार्य अघि बढाउने र कोहलपुर सुर्खेत १३२ केबी प्रशारण लाइन आयोजनाका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको पनि बताउनुभयो ।

 

 

 

प्रवक्ता कार्कीले सरकारले राष्ट्रिय समाचार समिति ९रासस० को रिक्त पदमा धर्मेन्द्र झालाई नियुक्ति गर्ने निर्णय गरेको पनि बताउनुभयो ।