आज सुनचाँदीको मूल्य कतिमा हुँदैछ कारोबार?

काठमाडौं ।नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।

 

 

 

तेजावी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

 

 

 

यस्तै, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेर १ हजार २ सय ६५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।