नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो

सांकेतिक तस्वीर

काठमाडौँ । वर्षासँगै पहिरो खसेको नारायणगढ-मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ ।

 

 

 

बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

 

 

 

पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन शुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।