ललितपुर महानगरले भन्यो पानीपुरी र चटपटेमा प्रतिवन्ध लगाएको हैन

ललितपुर। ललितपुर महानगरले हैजाको जोखिम बढेकाले पानीपुरी र चटपटे बिक्रीमा कडाई गरिएको जनाएको छ।

 

 

दूषित पानीको प्रयोग गरेर बनाइएको पानीपुरी र चटपटे खाँदा झाडापखाला र हैजाको जोखिम थप बढ्ने भएकाले यसको बिक्री वितरणमा कडाइ गरिएको महानगरले जनाएकाे छ।

 

 

पानीपुरी र चटपटेमा प्रतिबन्ध लगाएको नभई स्वास्थ्यलाई मध्यनजर गर्दै शुद्ध बनाएर बेच्न निर्देशन दिएको महानगरले जनाएकाे छ।

 

 

  उपत्यकामा हैजाका संक्रमित भेटिएपछि महानगरबासीको स्वास्थ्यलाई ध्यानमा राखेर स्वाथ्यका मापदण्ड अपनाएर बिक्री वितरण गर्न निर्देशन दिएको हो।

 

 

 

स्वाथ्य मन्त्रालयको निर्देशन अनुसार पानीपुरी र चटपटेमा भइरहेको बिक्री वितरणमा अनुगमन गरेर सफा पानीको प्रयोग गर्न निर्देशन दिएको हो।महानगरले यसबारे थप छलफल गरेर निर्णय लिँने जनाएकाे छ।

 

 

यद्यपि आइतबार ललितपुर महानगर क्षेत्रमा पानीपुरी र चटपटे बेच्न प्रतिबन्ध लगाइएको भन्दै माइकिङ गरिएको थियो।