ललितपुरको टीकाथलीमा ज्योति विकास बैंकको नयाँ शाखा

काठमाडौं। ललितपुरको टिकाथलीमा ज्योति विकास बैंकले २०७९ साल असार १५ गते बुधबार ११८औँ शाखाको औपचारिक उद्घाटन गरेको छ।

 

 

बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहकसमक्ष पुर्‍याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

 

 

 

महालक्ष्मी नगरपालिका वडा नं.५, ललितपुरस्थित टिकाथली शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए।

 

 

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहक तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।