काठमाडौंमै १३ बर्षीय बालिका बलात्कार, १ जना युवक पक्राउ

काठमाडौं। काठमाडौंको कीर्तिपुरमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

 

 

 

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका-१० घर भई कीर्तिपुर नगरपालिका-५ पाँगा लाछी बस्ने २० वर्षीय साजन प्रजा रहेको प्रहरीले जनाएको छ।

 

 

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी स्रोतले जनाएको छ।

 

 

 

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।