प्युठानमा चट्याङ लागेर २ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका-६ बिजुलीकोटमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्।

 

 

मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

 

 

 

प्रहरी नायव उपरीक्षक थापाका अनुसार सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

 

 

चट्याङ लागेर ऐरावतीको वडा नं.६ का ५ जना र वडा नं.१ दाङवाङका ४ जना गरी ९ जना घाइते छन् ।

 

 

 

त्यसमध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिए । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।