पानीपुरीको सेवनले मान्छेमा गम्भीर प्रकारका रोग,अमिलोपन कति हानिकारक ?

काठमाडौं। वर्षात्को समयमा पानीजन्य विभिन्न रोगहरूको संक्रमणको जोखिम धेरै हुन्छ । यो समयमा विभिन्न रोगको प्रकोप फैलिने जोखिम हुन्छ ।

 

 

 

त्यसमध्ये पनि सबैभन्दा धेरै टाइफाइडको जोखिम हुन्छ ।भारतमा प्रत्येक वर्ष वर्षाको मौसममा टाइफाइडमा धेरै बिरामी देखिने गरेका छन् ।

 

 

तेलंगनामा राज्यमा टाइफाइडले आतंक मच्चाइरहेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

 

 

 

जसको प्रमुख कारण सडकमा बेचिने पानीपुरी लगायतका खानाहरू रहेको त्यहाँको स्वास्थ्य विभागले निष्कर्ष निकालेको छ ।

 

 

 

मे महिनामा मात्र तेलगंनामा २ हजार ७ सय टाइफाइडका केस पाइएका थिए । जुनमा उक्त संख्या २ हजार ७ सय ५२ रहेको थियो ।

 

 

 

सामुदायिक स्वास्थ्य निर्देशक डा. जि श्रीनिवास रावले टाइफाइडलाई ‘पानी पुरी रोग’ भनेका छन् ।

 

 

सरकारले वर्षात्को समयमा पानीपुरी नखान सबैलाई सुझाव दिएको छ । डा. रावले पानीपुरी बेच्नेहरूलाई सरसफाइमा ध्यान दिन र स्वच्छ पानीको मात्र प्रयोग गर्न आग्रह गरेका छन् ।

 

 

दूषित पानी, खाना तथा लामखुट्टेका कारण मौसमी विरामी जस्तै, मलेरिया, झाडापखाला, भाइरल ज्वरोलगायत हुने गर्दछ ।

 

 

तेलंगनामा ६ हजारभन्दा धेरैजना झाडा पखालाबाट प्रभावित भएका छन् । डेंगुको केस पनि धेरै बढिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

 

पानीपुरीमा पानीको अमिलोपन कति हानिकारक छ ?

 

सामान्यतया काँचो र सुकेको आँप, इमली, कागती जस्ता चीजहरू पानीलाई अमिलो बनाउन प्रयोग गरिन्छ। आँप हरेक मौसममा पाइँदैन र कागती पनि महँगो हुन्छ ।

 

 

यस्तो अवस्थामा पानीपुरीको पानीलाई अमिलो बनाउन हाइड्रोक्लोरिक एसिड, सल्फ्यूरिक एसिड, टार्टारिक एसिड, अक्सालिक एसिड जस्ता एसिडको प्रयोग गरिन्छ।

 

 

यति धेरै एसिड मिसाएर पानीपुरीको पानी पिउने हो भने शरीरको एसिड बेस सन्तुलन बिग्रन्छ । तपाईं क्ष्ऋग् मा जान सक्नुहुन्छ। यति मात्र होइन, यसले ज्यान समेत लिन सक्छ ।

 

 

यसका साथै पानीलाई हरियो र सुन्दर बनाउन पुदिना र धनियाको सट्टा कृत्रिम रंग पनि मिलाउने काम भइरहेको छ । यी एसिड र कृत्रिम रंगका कारण गोलगप्पाले स्लो पोइजन जस्तै काम गर्छ ।

 

पानीपुरी खाँदा रक्तचापको समस्या हुन सक्छ?

 

वास्तवमा पानीपुरीको पानीमा नुन थपिन्छ। यसले रक्तचाप बढाउने काम गर्छ । यसका साथै जुन तेलमा पकाइन्छ त्यसको गुणस्तर पनि राम्रो हुँदैन ।

 

 

धेरै पटक बिक्रेताले बाँकी रहेको तेलमा मात्रै गोलगाप्पा फ्राइ गर्छन् । यस्तो अवस्थामा स्वास्थ्यमा नराम्रो असर पर्छ । वर्षायाममा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । पेटसँग सम्बन्धित धेरै रोगहरू छन्।