देशभर थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि, ३९२९ जना सक्रिय संक्रमित

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो ।

 

 

 

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ ।

 

 

 

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको छ ।