साफ यु–२० च्याम्पियनसीपः श्रीलंकालाविद्ध नेपालको सानदार जित

काठमाडौं। नेपालले साफ यु–२० च्याम्पियनसीप फुटबलमा दोस्रो जित निकालेको छ।

 

 

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको दोस्रो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो शानदार जित दर्ता गरेको छ।

 

खेलको ५८औं मिनेटमा आयुसले गोल गर्दै नेपाललाई अग्रता दिलाए । ६५औं मिनेटमा कृतिसले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

 

 

खेलको ८४औं मिनेटमा मनग्यले गोल गर्दै टिमलाई सहज जित दिलाए । नेपालको यो दोस्रो जित हो । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले हराएको थियो ।

 

 

च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।

 

 

 

नेपालले तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

 

 

 

प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्ने छ।

 

 

राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल हुनेछ।

 

 

 

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यो प्रतियोगिता यस पटक २० वर्षमुनिको उमेर समूहमा गरिएको हो।