मुगुको छायाँनाथ रारा नगरपालिकामा कुलो बनाउँदा भ्रष्टाचार गर्ने ९ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकामा सिंचाइ कुलो निर्माणमा अनियमितता गरेको भन्दै कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढासहितका ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

 

 

 

 

उनीहरुले २३ लाख १० हजार ५९७ रुपैयाँ १७ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 

 

 

अख्तियारले मुद्दा दायर गरेकामा बुढासहित कार्यालयका सव-इन्जिनियर राजेन्द्र शाही, तत्कालीन ना.प्रा.स. मणिचन्द्र बिक, जिल्ला समन्वय समिति मुगका तत्कालीन खरिदार बिश्वास उपाध्याय छन् ।

 

 

 

यस्तै अख्तियारले तीनमुखेदेखि लुवाबान्ना कृषि सिंचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सह-सचिव सुरेश वुढा र छायाँनाथ रारा नगरपालिका वडा नं. १० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावतविरुद्ध पनि मुद्दा दायर गरेको छ ।