आज दिउँसो यी तिन प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।

 

हाल मौसमको अवस्था देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेशको केहि स्थानहरुमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका केही र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै आज राती बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 

यस्तो छ आगामी २४ घण्टामा महाशाखाले जारी गरेको आजको चेतावनी तथा परामर्श

देशका पहाडी भू(भागका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।