१३ वर्षीय बालकको पानीमा डुबेर मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। सप्तरीमा १३ वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ।

 

 

आज (बुधबार) दिउँसो करिब १ बजे राजगढ गाउँपालिका-४ बेलही चपेना बस्ने विरेन्द्र मण्डलका छोरा राजा मण्डलको मृत्यु भएको हो।

 

 

 

घरनजिकै रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

 

 

उनका अनुसार घटनास्थलमा लासजाँच मुचुल्कालगायत कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ।