देशभर थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि,३ जनाको मृत्यु

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

मन्त्रालयका अनुसार १ हजार ९९६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ११ जना र २ हजार ९५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३३ जनामा कोरोना पुष्टि भएको हो ।

 

 

 

 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ५०५ पुगेको छ ।योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ४ हजार नाघेको छ ।

 

 

 

मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार १९९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

 

 

 

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण तीनको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९८ रहेका छन् ।

 

 

 

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८० हजार २४५ पुगेको छ ।