कान्ति बाल अस्पतालका कर्मचारी २४ बुँदे माग राख्दै आन्दोलनमा

काठमाडौं । कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

 

 

कर्मचारीहरुले अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनुपर्ने लगायतका माग राखेका छन् ।

 

 

 

‘मागको सुनुवाइ हुने छाँट नदेखेपछि आन्दोलनमा उत्रिनुपरेको हो । जबसम्म हाम्रो माग पूरा हुँदैन हामी पछि हट्दनौं,’ आन्दोलनरत कर्मचारीमध्ये एक शिव प्याकुरेलले बताए ।

 

 

 

 

उनीहरुले बुधबारदेखि विरोधस्वरुप कालोपट्टी लगाएर काम गरिरहेका छन् र माग पूरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएका छन् ।

 

 

आगमी २१ भदौसम्ममा माग पूरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने प्याकुरेलले बताए ।

 

 

 

‘अस्पताल प्रशासनले मनलाग्दी रूपमा कर्मचारी नियुक्ति गर्दै आएको छ । खरिद प्रक्रियामा नेतृत्व तहबाट आर्थिक अनियमिता गरेको छ र आफ्ना मान्छेलाई टेण्डर दिइएको छ’, प्याकुरेलले भने, ‘यदि हाम्रा माग पूरा भएन भने अस्पताल प्रशासनमा ताला लगाउछौं र काम फर्किन्छौं।

 

 

 

आन्दोलनरत कर्मचारीहरुले आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री सचिवहरुलाई भेटेर जानकारी समेत गराइसकेका छन् ।

 

हेर्नुस् मागहरु: