देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि,२३० जना संक्रमणमुक्त

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७ पुगेको छ।

 

 

 

आइतबार २३० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ५२८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

 

 

 

गत २४ घण्टामा देशभर १ हजार ७५६ पीसीआर तथा १ हजार ६९४ एन्टिजेन परीक्षण भएको छ।