चौतर्फी आलोचनापछि गाउँपालिका अध्यक्षकी श्रीमतीले भान्छेबाट दिइन् राजीनामा

काठमाडौं । अछामको रामारोशन गाउँपालिकामा भान्छे नियुक्ति भएकी जयसरा साउँदले राजीनामा दिएकी छन् ।

 

 

गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेका थिए ।

 

 

श्रीमतीलाई भान्छे नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएकी हुन् ।

 

 

साउँदले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको गाउँपालिकाले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

 

 

साउँदले पारिश्रमिकका रूपमा पाएको ३१ हजार ६३० रूपैयाँ फिर्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।