काठमाडौं महानगर बागमती नदी किनारका अवैध संरचना भत्काउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती नदी किनारका अवैध संरचना भत्काउन थालेको छ ।

आइतबार महानगरले बिजुलीबजार–तीनकुने करिडोर क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको हो ।

पछिल्लो समय काठमाडौं महानगरले अवैध संरचना भत्काउने अभियान सुरु गरेको छ। अभियानलाई बृहत् रूपमा अघि बढाइएको महानगरले जनाएको छ ।