नेपाल टेलिकमको सजिलो प्रिपेड कम्बो अफर

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि सजिलो प्रिपेड कम्बो अफर अन्तर्गत सस्तो मूल्यमा नै डेटा, भ्वाइसकल तथा मेसेज उपलब्ध गराइरहेको छ ।

कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरूका लागि कम्पनीले यही असोज २ गतेदेखि १९९ रुपैयाँबाट सुरु भएर ६९९ रुपैयाँसम्मका भ्वाइस, डेटा र मेसेज पठाउन सकिने प्याकहरू ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९ रुपैयाँमा ४२०० एमबी (दैनिक १५० एमबी) डेटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५)वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध छ ।

त्यस्तै ३४९ रुपैयाँमा १४,००० एमबी (दैनिक ५०० एमबी) डेटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी ४९९ रुपैयाँमा १९,६०० एमबी (दैनिक ७०० एमबी) डेटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०)वटा मेसेज पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ ।

यस अफर अन्तर्गत ६९९ रुपैयाँमा २८ जीबी (दैनिक १ जीबी) डेटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ ।

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको लागि भने कम्पनीले ९८ रुपैयाँमा नै २८ दिन भित्रमा ६०० वटा र ६० रुपैयाँमा ३०० वटा मेसेज पठाउन सकिने सुविधा उपलब्ध गराएको छ ।

आफ्नो मोबाइलबाट ८१४१५३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू खरिद गर्न सकिन्छ ।