प्राइभेट फर्म नवीकरण गर्न पुस मसान्तसम्मको मौका

काठमाडौं । प्राइभेट फर्म दर्ता गरी नवीकरण गर्न नपाएकाहरुलाई सरकारले आगामी पुस मसान्तसम्मको समय थप गरेको छ ।

प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली २०३४ मा चौधौं संशोधन गर्दै सरकारले यस्तो समय दिएको हो । प्राइभेट फर्म नवीकरण गराउन नसकेको उचित कारण खुलाएर नवीकरण गराउन पुस मसान्तसम्म निवेदन दिएमा उद्योग विभागबाट यस्तो फर्म नवीकरण हुनेछ ।

त्यसक्रममा प्रत्येक नवीकरण अवधिको लागि लाग्ने नवीकरण दस्तुरको तेब्बर दस्तुर तथा तोकिएको जरिवाना भने बुझाउनु पर्नेछ ।

२० लाख रुपैयाँसम्म पुँजी भएको प्राइभेट फर्मबाट प्रत्येक वर्षका लागि २ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको छ ।

२० लाख रुपैयाँ भन्दा बढी पुँजी भएको प्राइभेट फर्मबाट भने प्रत्येक वर्षको ५ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको छ ।

यो नियमावलीले प्राइभेट फर्म हकवालाका लागि नामसारी समेत गर्न सकिने प्रावधान समटेको छ ।