बागी उम्मेदवारले बेलुकीसम्म आधिकारिकलाई समर्थन गरे कारबाही फुकुवा: माओवादी

काठमाडौं। सत्तारुढ माओवादी केन्द्रले बागी उम्मेदवारले सोमबार बेलुकीसम्म उम्मेदवारी निश्कृय पारे कारबाही फुकुवा गर्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ।

केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी निश्कृय पार्न समय दिइएको उल्लेख गरेका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भइ बनेका माओवादी केन्द्रका वा गठबन्धन दलबीच सहमति बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई समर्थन गरी उम्मेदवारी निश्कृय पारेको घोषणा गर्न भनिएको छ।

‘आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्णरुपमा सक्रिय रहने प्रतिवद्धतासहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निश्कृय गराएमा त्यस्ता बागी उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपर कारबाही फिर्ता लिइनेछ। विज्ञप्तिमा उल्लेख छ।

तोकिएको समयभित्र पार्टीको निर्देशन अटेर गर्नेलाई निष्कासन गरिसकिएको पनि विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति हेर्नुस्