बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं ।बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

घाइतेहरुलाई अस्पताल पठाइरहेकाे प्रहरीले जनाएकाे छ।प्रहरीका अनुसार जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत भेटिएको छैन ।

अहिले घाइतेहरुको सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीले उद्दार गर्ने क्रम जारी छ । विस्तृत विवरण अहिले दिन सक्ने अवस्था नरहेकाे प्रहरी स्राेतले जनाएकाे छ।