१ लाखसहित ४ जना जुवाडे पक्राउ

काठमाडौं। वीरगञ्जबाट नगद १ लाख १९ हजार भन्दा बढी रकमसहित ४ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सोमबार राति पौने ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौस्थित जुवा खालमा छापामारी गरेको हो।

प्रहरीले वीरगञ्ज–१७ अलौंमै बस्ने २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षीय अनिल प्रसाद साह, ४० वर्षीय मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मियालाई पक्राउ गरेको हो।

जुवाको खालबाट नगद १ लाख १८ हजार १९० रुपैयाँ र एक सेट कौडासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।