भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु,१०० जना घाइते

काठमाडौँ। भारतको गुजरातमा पुल चुँडिंदा १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो ।

घटनामा १३७ जनाको मृत्यु भएको र १०० जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन्।

सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी राखेका छन् । भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।