निर्वाचन बहिस्कार गर्दा प्रहरीले गिरफ्तार गरिएका सचिव श्रेष्ठलाइ तत्काल रिहाइ गर्न अध्यक्ष गजुरेलको माग

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले पार्टीको घोषित कार्यक्रम अनुसार निर्वाचन बहिस्कार गर्दा प्रहरीले हस्तक्षेप गरी पक्राउ गरिएका संगठनका केन्द्रीय सचिव महेश श्रेष्ठलाइ तत्काल रिहाइ गर्न विज्ञप्ति मार्फत माग गरिएको छ।

पक्राउ पर्ने नेताहरुमा संगठनका केन्द्रीय सचिव महेश श्रेष्ठ,पार्टीका केन्द्रीय सदस्य विमल निरौलालगाएतका रहनु भएको छ।

शान्तिपूर्ण रुपमा निर्वाचन बहिस्कार कार्यक्रम गर्न पाउने जनअधिकारमाथि प्रहरीले ठाडो हस्तक्षेप गरेको भन्दै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले प्रहरी दमनको कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्नुभएको छ।

त्यस्तै गिरफ्तार सबै नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाईका लागि जोडदार माग पनि गर्नुभएको छ।

प्रेस विज्ञप्ति-