पाकिस्तानविरुद्ध खेल्ने नेपालको टिम घोषणा

काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ अटाएका छैनन् ।किरण व्यवसायिक क्लब फुटबलका लागि भारतमा रहेका छन् ।

उनी आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।मिडफिल्डर आभास लामिछानेले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ ।मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५स्३० बजे सुरु हुनेछ।

एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ ।

एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ । विजेता गोलापर्थाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।

नेपाली टोली- 

गोलकिपरः विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का

मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आभास लामिछाने

फरवार्डः अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ रहेका छन्।