तीन महिनामा थपिए २ लाख १० हजार करदाता

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा २ लाख भन्दा बढी करदाता करको दायरामा समेटिएका छन् ।

यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (पीपीएन) लिनेको संख्या अधिक छ ।

अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमास (साउन–असोज) मा स्थानीय लेखा नम्बर प्राप्त गर्ने करदाता १ लाख ९८ हजार ८७ रहेका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १ लाख ४८ हजार ७ सय ७३ जना छन् ।

यस अवधिमा ४६ हजार १ वटा व्यावसायिक स्थायी लेखा नम्बर जारी भएका छन् । अग्रिम कर कट्टी प्रयोजनका लागि ३ हजार ३ सय १३ प्यान नम्बर जारी भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।