मंसिर ४ गते हुने निर्वाचन देश र जनताको पक्षमा छैन :अध्यक्ष हरिकृष्ण गजुरेल

 काठमाडाैं। नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी)ले आज काठमाडाैंमा विराेध जुलुसका साथ काेणसभा सन्दाररूपमा सम्पन्न गरिएकाे छ।
 
उक्त विराेध कार्यक्रममा अखिल (क्रान्तिकारी) ले काठमाडाैंकाे विभिन्न चाेकमा विराेध जुलुस र नाराका साथ काेणसभामा सम्पन्न गरेकाे थियाे।  
कार्यक्रमा अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले आगमी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन देश र जनताकाे पक्षमा नभइ भ्रष्टचार,लुटतन्त्र मचाउन भएकाेले बहिष्कार गर्नु पर्ने बताए।
 
त्यस्तै उनले भने विद्यार्थी,महिला,मजदुर,किसान,युवा र आम जनसमुदायहरुमा निर्वाचन बहिष्कार तथा अवज्ञा गरि भ्रष्टहरूलाइ सबक सिकाउने याे उत्तम समय भएकाेले बताए।  
 
याे व्यवस्थामा हुने निर्वाचनले मुलुकलाइ निकास,विकास हाेइन कि यसले थप संकटकाे भूमरिमा फसाउनेकाे साथै महंगि भष्ट्राचार बढ्नउने र एकपछि अर्का राष्ट्रघात र जनघत गर्ने वातावरण निर्माण गर्नु हाे अध्यक्ष गजुरेलले भने। 
 
यस्तै अखिल(क्रान्तिकारी) का सचिव नवराज भट्टले संसदीय व्यवस्थाकाे विकल्पकाे निम्ति विद्यार्थीहरु सडकमा उत्रिनुपर्ने बताउनु भएकाे थियाे।
 
उक्त कार्यक्रमकाे संचालन केन्दीय काेषाध्यक्च्य दिपक विष्टले गरेका थिए भने उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष शिलु न्याैपाने, सचिव राम तिरुवा लगायत केन्द्रीय नेताहरुकाे समेत उपस्थित रहेकाे थियाे।
 
उक्त जुलुस काठमाडाैंकाे सुन्धारा ,खिचापाेखरी,विशालबजार हुदै इन्द्रचोकमा आएर उक्त कार्यक्रम सभामा परिणत भएकाे थियाे।