कैलालीको अत्तरिया पुगेर मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्न अध्यक्ष हरिकृष्ण गजुरेलको आह्वान

काठमाडौं।नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले आज कैलालीको अत्तरियामा निर्वाचन बहिष्कार कार्यक्रम सम्पन्न गरेका छन्। साे विद्यार्थी संगठनहरूले अत्तरियामा -यालीसहित निर्वाचन बहिष्कार/अवज्ञ सभाको आयोजना गरेका थिए।  

उक्त कार्यक्रममा ‘प्रतिक्रियावादी पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद, नयाँ जनवाद – वैज्ञानिक समाजवाद जिन्दावाद’ भन्ने नाराका साथ बजार परिक्रमा पछि आयोजित निर्वाचन बहिष्कार/अवज्ञ सभालाई अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरीकृष्ण गजुरेलले सम्बोधन गरेका थिए ।

उनले सभालाई सम्बोधन गर्दै मंसिर ४ गते हुने संसदीय निर्वाचनलाई बहिष्कार/अवज्ञ गर्न विद्यार्थी,शिक्षक,किसान ,मजदुर,व्यापारीलगायत आम जनसमुदायहरुमा आह्वान समेत गरेका थिए।  

उनले भने अहिलेका साशकहरुले मंसिर ४ गते हुने निर्वाचन नाटक मञ्चन गर्दै भ्रष्टचार,लुट, राष्ट्रघाट गर्नको लागि फेरि पाँच बर्षसम्म अनुमोदित हुन खाेजि रहेका छन्। 

 उनले भने ‘उनीहरुले चुनाव जित्नका लागि जनतालाई झुटा घाेषणा पत्र तयार पारेर अहिले जनताका घर दैलाेमा झुटकाे खेति गरि रहेका छन्,अब यस्ता भ्रष्ट,लुटेराहरूलाइ जनताले बहिष्कार गर्ने बेला आएकाे बताए।  

याे व्यवस्थामा हुने निर्वाचनले मुलुकलाइ निकास,विकास हाेइन कि यसले थप संकटकाे भूमरिमा फसाउनेकाे साथै महंगि भष्ट्राचार बढ्नउने र एकपछि अर्का राष्ट्रघात र जनघत गर्ने वातावरण निर्माण गर्नु हाे अध्यक्ष गजुरेलले भने। 

उक्त कार्यक्रम अखिल (क्रान्तिकारी) का सुदूरपश्चिम प्रदेश संयोजक पुस्कर जोशीको अध्यक्षतामा सम्पन्न गरिएकाे थियाे।