राष्ट्रिय बीमा संस्थाले ३ महिनामा कमायो करिब २ करोड नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म राष्ट्रिय बीमा संस्थाले रू। १ करोड ९३ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १ दशमलव २३ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू १ करोड ५६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी १९ दशमलव ३९ प्रतिशत बढी भएको छ भने खर्चृ १३ प्रतिशत बढेको छ । यस वर्ष कम्पनीले रू ३ करोडभन्दा बढी आम्दानी गरेको हो भने रू १ करोड १० लाखभन्दा बढी खर्च गरेको छ ।

पहिलो त्रैमाससम्म यस वर्ष कम्पनीले गत वर्षभन्दा ७५ दशमलव ३७ प्रतिशत कम रू १ अर्ब ११ करोड ६७ लाख खुद बीमाशुल्क आर्जन गरेको छ भने साढे १७ं९ प्रतिशत कम रू  ७६ करोड ८७ लाखभन्दा बढी खुद दाबी भुक्तानी गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू १८ करोड १० लाख २० हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम २१ प्रतिशत बढी रू ४३ करोड ३१ लाख र जीवन बीमा कोष १९ दशमलव ३९ प्रतिशत बढी रू  ४० अर्ब २४ करोडभन्दा बढी कायम भएको छ ।

यस कम्पनीले सर्वसाधारणमा हालसम्म शेयर जारी गरेको छैन् । पूँजीबृद्धि लागि कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गरी हकप्रद र बोनस शेयरको सहारा लिने योजना बनाएको छ ।